नेकपा बैठक आज बस्दै, नागरिकता विधेयक, एमसीसी लगायतमा छलफल

everest kitchen
photo file

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक शनिबार बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी वैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन ।

वैठकमाा यही असार १० र ११ गते बस्ने नेकपाको स्थायी कमिटी वैठकको तयारी, संसदीय समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका विवादित विषय, संसद्मा दर्ता भएको अमेरिकी सहायता परियोजना (एमसिसी) अनुमोदनको प्रस्ताव आदि विषयमा छलफल हुने जनाइएको छ।