दैलेखमा कोरोना परिक्षण पीसीआर मेसिन जडान हुदै

everest kitchen


दैलेख । कोरोना भाइरसको हटस्पोस्टको रुपमा रहेको दैलेखमा कोराेना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित दैलेखमा पीसीआर मेसिन पुगेको छ ।

कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामा पीसीआर मेसिन आवश्यक भएकाले संघीय सांसद रवीन्द्रराज शर्माको निर्वाचन क्षेत्र विकास कोषअन्तर्गत ठेक्का खुलाएर बचेको रु १ करोडले मेसिन खरीद प्रक्रिया थालेर मेसिन खरिद गरिएको सांसद शर्माले जानकारी दिए ।

सांसद शर्माको नेतृत्वमा काठमाडौंबाट मेसिनसँगै हिँडेको स्वास्थ्यकर्मी टोली शुक्रबार दैलेख पुगेको हो । डा. रवीन खड्कासहित आठ स्वास्थ्यकर्मीको टोलीले ल्याब टेक्नेसियनकाे रुपमा काम गर्ने बताएकाे छ ।

दैलेखमा हालसम्म ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने करिब ४० हजार बढि भारतबाट जिल्ला फर्कन लागेको अनुमान गरिएको छ ।