पेस्तोल, सकेट बम, डेटोनेटरसहितको झोला बरामद

everest kitchen


भोजपुर । षडानन्द नगरपालिका-२ ताबुस्थित रहको टहरोमा बेवारीसे अवस्थामा रहेको कटुवा पेस्तोल १ थान, सकेट बम १ थान, डेटोनेटर २ थान, तारहरु तथा विभिन्न दस्तावेजहरु बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उक्त स्थानमा पुगि बाँदर रुङने टहरोमा शंका लागि चेक गर्दा बेवारीसे अवस्थामा रहेको झोला फेला पारी तलासी गर्दा उक्त हातहतियार फेला परेको हो ।

साथै प्रहरीले उक्त सकेट बम डिष्पोजको लागि नेपाली सेनासँग आवश्यक समन्वय गरिरहेको जनाएको छ । झोला कसले किन र कसरी राख्यो भन्ने बारे नखुलेको र
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।