प्रादेशिक कलाकार मन्चद्धारा पीडितलाई राहत वितरण

everest kitchen

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा आएको कोरोना भाइरसको कारण लकडाउनमा बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै समाजिक सञ्जाल फेसबुकबाट स्थापित प्रादेशिक कलाकार मन्च (प्रदेश १)ले काठमाण्डौंमा जेठ ३ गते बिहिबार काठ्माण्डौ र ललितपुरमा जम्मा ७ घरलाई राहत प्रदान गरेको छ ।

फेसबुक म्यासेन्जर ग्रुपमार्फत राहतको लागि आर्थिक संकलन गरिएको थियो ।

अमेरिकामा रहनु हुने वरिष्ठ चलचित्र निर्देशक तथा यो कार्यक्रमको संयोजक किशोर सुब्बाको पहलमा चलचित्रका नायक रोशन श्रेष्ठ गायक तथा सङ्गीतकार कुल्बाको हातबाट राहत वितरण गरिएको हो । पूुर्वका सम्पुर्ण कलाप्रेमीहरुबाट साथ सहयोग पैसा जम्मा गरि पहिलोचोटि काठमाण्डौमा राहत वितरण गरिएको हो । मिर्गौलारोगी, क्यान्सर, डिप्रेसन र दिनदुःखीहरुको घर घरमा गएर वितरण गरिएको हो ।

मञ्चका बाबुराम न्यौपानेसहित टोलीले तेस्रो राहत दिन लागेको पनि संयोजक किशोर सुब्बाबाट जानकारी गराएका छन् ।

वितरण गरिएकाहरुमा हरिबहादुर अधिकारी (मृर्गौलापीडित), मिस्मा राना (डिप्रेसन), सन्तबहादुर थापा मगर (मृर्गौलापीडित), राम वली शाह (मृर्गौलापीडित), सावित्री लिम्बू (क्यान्सरपीडित), सीता माझी (विपन्न परिवार) र धनमन्जरी मगर (क्यान्सरपीडित) छन् । nayaonline