कोरोना : मलेसियामा ६ लाख ७९ हजारबढीमा परिक्षण हुदा ८ हजारबढी संक्रमित

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शनिबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या २१ जना रहेकाे छ ।

मलेसियामा हालसम्म ६ लाख ७९ हजार ८२६ जनामा कोरोना परिक्षण गरिएकोमा ८ हजार ५५६ जनामा कोरोना पुष्टि भएको हो ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ । त्यस्तै  ८ हजार १४६ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख ६३ हजार १९ रहेकाे छ भने संक्रमितको सङ्ख्या ८७ लाख ८३ हजार २१५ रहेकाे छ । ४६ लाख ४३ हजार ४ जनाले स्वास्थ्य लाभ गरेका छन ।