बहिष्कार : समीर पाख्रीन

समिर पाख्रीन

लघुकथा : बहिष्कार

समीर पाख्रीन

छिमेकमा चिनीयाँ सामान बहिष्कारको कायॅक्रम व्यापक बन्दै गइरहेको थियो । रेडियो, टिभी, सामाजिक सञ्जाल बहिष्कारको नाराले छपक्कै छोपेको थियो । बृद्ध-बृद्धा, नव जवान, प्रौढ सबैका आँखा क्रोध र आक्रोशका कारण राता-राता देखिन्थे । जनतामा आत्मनिर्भरताको आकांक्षा जबॅजस्त सुनामी बनेर उलेॅला जस्तो देखिन्थ्यो ।
सहरको गल्ली-गल्ली, चोक-चोकमा नारा जुलुसका साथ चिनीयाँ सामान थुपारेर आगो लगाइरहेका थिए ।
” सत्तरी वषॅको आजादीमा पनि आत्मनिर्भर हुन नसकेकोमा कसैले देशका नेताहरुलाई आरोप लगाइरहेका थिए भने कतिपयले चाहिँ जनता स्वयम् यसको भागीदार रहेको बताइरहेका थिए ।
………..
बिनोद केही दिनदेखि यसै विषयलाई लिएर तनावमा थियो । उसको घरमा अधिकांश घरायसी सामान चिनियाँ ब्राण्डका थिए । बिनोदकी पत्नी शिल्पा चिनीयाँ वस्तुको पारखी थिई । हेयर ड्रायर, आइरन, थमॅश, माइक्रो ओभन, टिफिन क्यारी, प्रेशर कुकर, वासिङ मशीन, एलसीडी टिभी, फ्रीज आदि महँगा सामानहरूले बिनोदको घर भरिभराउ थियो ।
‘ चिनियाँ सामान बहिष्कार गरौं ! ‘ भन्ने नारा चकॅदै गएको बेला बिनोदलाई यावत वस्तुहरूले खुलेआम चुनौती दिइरहेको भान हुन्थ्यो । ऊ बहिष्कारको पक्षमा खडा थियो ।
” शिल्पा, यता सुन त । ” बिनोदले बोलायो ।
” अँ भन्नोस् । ” नजिकै बसी ।
” हामीले पनि अब चिनीयाँ सामान बहिष्कार गनुॅ पर्यो । ” बिनोदले भन्यो ।
” भैहाल्छ नि, तर मलाई आवश्यक सामान पहिले किनेर ल्याइदिनु पछॅ । नुहाएपछि मलाई ड्रायर चाहिन्छ । आमालाई तातोपानी खान थमॅश चाहिन्छ । बिना प्रेशर कुकर खाना पाक्दैन । म कपडा धुन सक्दिनँ मशीन नै चाहिन्छ । बेलुकी सिरियल हेनॅ टिभी चाहिन्छ । सबै सामान ल्याउनोस् र चिनी सामान लगेर फालिदिनोस् । ” शिल्पाले बिनोदको अभियानमा एक्यवद्धता जाहेर गरी । तर बिनोद पहिल्यै लकडाउनका कारण आथिॅक संकट झेलिरहेको थियो । ऊ तत्काल विकल्प दिन सक्ने अवस्थामा थिएन । यतिनै बेला उसको मोबाइलको घण्टी बज्यो । उसले फोन उठाएर कुरा गनॅ के खोजेको मात्र थियो । उसको नजर मोबाइलको ब्राण्डमाथि पर्यो ।
उसको हातको मोबाइल पनि चिनीयाँ ब्राण्डको नै थियो ।
कुरा सकेपछि बिनोदले मोबाइल सधैं झै खल्तीमा राख्यो र बाहिरतिर निस्कियो । °°°