तीन छुट्टाछुट्टै स्थानमा बालिका तथा किशोरीमाथि जबरजस्ती करणी

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । सप्तरी, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा हनुमानगर कंकालिनी नगरपालिका-४ बस्ने २३ वर्षीय भुनेश्वनर सरदारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कंचनरुप नगरपालिका-९ स्थित बालक्लवको खाली कोठामा ती किशोरीलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कंचनरुपबाट खटिएको प्रहरीले सरदारलाई पक्राउ गरेको हो ।

त्यस्तै कन्चनपुरमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका-१० सुकासाल बस्ने बैतडी मेलौली घर भएका २१ वर्षीय बीरेन्द्र दयाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई बिहीबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले दयाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै भक्तपुरमा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका-९ बोडे बस्ने बस्ने काभ्रे भुम्लु गाउँपालिका-१ घर भएका २१ वर्षीय सोम राज परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई बिहीबार साँझ सोही ठाउँस्थित निलबाराही जङगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले सोमराजलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको र कारबाही प्रक्रिया थालिएको प्रहरीले उल्लेख गरेको छ ।