बाढीका कारण निर्माणाधिन पुल भत्कियो

everest kitchen

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका र सियारी गाउँपालिका जोडने छपिया स्थित कालिकादिह मन्दिर नजिकै निर्माणाधीन पक्की पुल भत्किएको छ ।

प्रिस्ट्रेसिङ प्रविधिबाट बनाइएको उक्त पुल ढलान भएको १३औं दिनमा दानव नदीमा आएको बाढीले पुलका स्टेजिङ (टेका)हरु बगाएर खल्बल्याएपछि पुल भत्किएको सडक डिभिजन बुटवलले जनाएको छ ।

पि्रस्ट्रेसिङ प्रविधिका पुलमा ढलान भएको १४ दिनमा पुलमा राखिएका फलामका लठ्ठा मेसिनको प्रयोग गरेर तन्काउनुपर्ने आवश्यकता अनुसार लठ्ठा तन्काउन मेसिन ठिक्क पारेका बेला भत्किएको थियो । पुल भत्किँदा दुईजना इन्जिनियरसहित पाँचजना घाइते भएकाे बताएको छ ।

लकडाउनले समयमा काम गर्न नसकेको अवस्थामा बर्षातका कारण अन्तिम समयमा भत्किँदा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको ठेकेदार कम्पनी निलगिरी नेसनल जेभीले बताएको छ ।

कम्पनीका अनुसार पुल निर्माणमा कुनै त्रुटि नभएको बताएको छ ।