कोरोना : मलेसियामा आइतबार १६ जनामात्रै नयाँ संक्रमित, मृत्यु शुन्य

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १६ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ५७२ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार १५६ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख ६७ हजार १११ रहेकाे छ भने संक्रमितको सङ्ख्या ८९ लाख ३८ हजार ४३७ रहेकाे छ । ४७ लाख ५२ हजार ४२७ जनाले स्वास्थ्य लाभ गरेका छन ।