विश्वभरि लकडाउन खुकुलोसंगै संक्रमित बढे , संक्रमितको सङ्ख्या ९० लाख ५१ हजारबढी

everest kitchen


काठमाडौ । विश्वभरि लकडाउन खुकुलो गरिएसंगै संक्रमितको सङ्ख्या पनि बढ्दाे अवस्थामा रहेको छ । विश्वमा परेको प्रत्येक्ष आर्थिक प्रभाव कम गर्न भन्दै केहि देशहरुमा यसअघि लागु गरिएको बन्दा बन्दि खुकुलो पारिएको छ । नेपालमा पनि लकडाउन खुकुलो पारिएको छ भने पछिल्लो समयमा ९ हजारबढिमा संक्रमित फेला परि सकेको छ ।

यस्तै विश्वभर पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्मकै बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । डब्लूएचओका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजारबढीमा कोरोना पुष्टि भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० लाख ५१ हजारभन्दा बढी पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये ४८ लाख ४१ हजारभन्दा बढी निको भएका छन् भने ४ लाख ७० हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा २३ लाख ५६ हजारभन्दा बढी पुगेको छ । अमेरिकामा हालसम्म करिब १ लाख २२ हजारको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये अमेरिकामा ९ लाख ८० हजारभन्दा बढी निको भएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा १० लाख ८६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ५० हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ ५ लाख ८९ हजारभन्दा बढीले स्वास्थ्य लाभ गरेका छन ।

विभिन्न जनस्वास्थ्य विज्ञका अनुसार विभिन्न देश तथा स्थानहरुमा बन्दाबन्दि खुकुलो भएसंगै संक्रमित बढेको अनुमान गरेका छन । मानिसहरु हिड्डुल गर्दा मासमा काम गर्नुपर्दा संक्रमण अझ फैलिने अनुमान गरिएको छ ।