मलेसियाले नयाँ विदेशी कामदार यो वर्षको अन्त सम्म नलिने

everest kitchen
मन्त्री एम सारावनान

क्वालालम्पुर । मलेसियाले नयाँ विदेशी कामदार यो वर्षको अन्तिमसम्म नलिने भएको छ । विश्वभरि फैलिएको कोरोना महामारीकाे कारण विदेशी कामदार लिने प्रकृया हाललाई मलेसिया सरकारले स्थगित गरेको हो ।

सोमबार स्थानीय पत्रकारहरुसंग कुरा गर्दै मलेसियाका मानव संसाधन मन्त्री एम सारावनानले यो बर्षको अन्त नभएसम्म विदेशी कामदार लिने प्रक्रिया स्थगित गरिएको जानकारी दिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।

कोरोना प्रकोपका कारण मलेसियामा धेरै विदेशी कामदार र स्थानीयहरु बेरोजगार हुनुपरेको विभिन्न अध्यन र तथ्यांकले देखाउने गरेको छ ।

पछिल्लोपटक मलेसियाले मानव संसाधन विकास कोष अन्तर्गत ४० हजार नयाँ रोजगारीको सिर्जना गर्ने गरि कार्ययोजना ल्याएको मन्त्री एम सारावनानले उद्घोष गरेको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन ।