कोरोना संक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो, दैलेखमा थप एकको मृत्यु

everest kitchen


काठमाडौ । नेपालमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको मृत्यु भएसंगै मृत्यु हुनेकाे संख्या २४ पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले प्रदेश अस्पताल सुर्खेतमा उपचाररत पुरुषको सोमबार राति मृत्यु भएको बताए । मृतक क्षयरोग र दमको बिरामी रहेको उनले बताए ।

यो सँगै नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २४ पुगेको छ ।हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, स्याङ्जाका १, चितवनका १, बाराका १, ललितपुरका १, अर्घाखाँचीका २, दैलेखका २, डोल्पाका १, विरगञ्जका १ र पर्साका १ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म १० हजार ९९ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार २२४ जना डिस्चार्ज भएका छन ।