कोरोना संक्रमितको सङ्ख्या १० हजार ७ सय २८

everest kitchen

काठमाडौं । बुधबार ६ सय २९ थप जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार २४ घण्टामा ६ सय २९ जनामा कोरोना देखिएको हाे । योसँगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ।

त्यस्तै गत २४ घण्टामा ११४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। यीसहित कुल २ हजार ३ सय ३८ जना निकाे भइ घर फर्किएका छन्।

नेपालमा हालसम्म २४ जनाको कोराेनाकाे कारण मृत्यु भएको छ ।