मलेसियामा आज पनि ६ जना मात्र नयाँ बिरामि, ४५ जना निको

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ६ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ५९६ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार २३१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्मको तथ्यांक अनुसार मलेसियामा संक्रमितहरुमध्येबाट निकोहुनेहरु ९५ प्रतिशत रहेका छन । ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख ८० हजार १८१ रहेकाे छ भने संक्रमितको सङ्ख्या ९३ लाख ७३ हजार ७१९ रहेकाे छ । ५० लाख ६३ हजार ४०१ जनाले स्वास्थ्य लाभ गरेका छन ।