तुलसीपुर उपमहानगरले ल्यायो २ अर्ब ३४ करोड ३७ लाखको बजेट

everest kitchen


तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालीकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि २ अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट ल्याएको छ ।

तुलसीपुर उपमहानगरपालीकाको नगर सभामा बुधबार प्रस्तुत बजेटमा ,स्वास्थ्य, कृषि, शिक्षा र कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथकिमकतामा राखेर बजेट ल्याएको छ ।

बजेटले कोरानाका कारण बेरोजगार मजदुरहरुको लागि श्रम बैंकमा एक घर एक रोजगारको लागि आवश्यक बजेट , एक वडा एक व्यावसायिक कृषि फर्म, व्यावसायिक किसानहरुलाई आवश्यक अनुदान, कोरोना रोकथाम तथा नियन्त्रण लागि आवश्यक रकम, छुट्याइएको  उपमहानगरपालीकाले जनाएको छ ।