चट्याङ लागेर आमाछोरी दुईजनाको मृत्यु

everest kitchen


हेटौंडा । मकवानपुरमा चट्याङ लागेर बुधबार राति दुई जनाको मृत्यु भएको छ।

मकवानपुरको बकैया–२ कालापानीका बुद्ध घिसिङकी छोरी १७ बर्षीया सम्झना घिसिङ र आशालाल घिसिङकी श्रीमती २५ बर्षीया बिना घिसिङ चट्याङ लागेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

साथै चट्याङ लागेर स्थानीय पुर्णबहादुर जिम्वाका छोरा १४ बर्षीय किरण जिम्वा घाइते भएका छन । उनको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

बुधबार राति सबैजना आफ्नो घरमा बसिरहेका बेला एक्कासि चट्याङ पर्दा घटना घटेको हाे ।