शुक्रबार मलेसियाबाट दुई चार्टर उडान, शुक्रबार बिहान १४८ नेपाली स्वदेश फर्किए

everest kitchen


क्वालालम्पुर । शुक्रबार बिहान मलेसिया १४८ जना नेपालीहरु स्वदेश फर्किएका छन । स्थानीय समयअनुसार बिहानको १० बजेको हिमालय एयरलाइन्सको उडानबाट उनीहरु स्वदेश फर्किएका हुन ।

शुक्रबार मलेसियाबाट दुई चार्टर हुने मिति तय भएको थियो । जसमध्ये बिहान हिमालय एयरलाइन्सको उडान र दिउसो ३ बजे नेपाल एयरलाइन्सको उडान , सोमध्ये हिमालय एयरलाइन्सले मलेसियाबाट १४८ यात्रुसहित उडान भरेको हो ।

उक्त चार्टर उडानको लागि १५६ जनाले टिकट लिएकोमा १४८ जना मात्रै स्वदेश फर्किएको एयरलाइन्स स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार इन्डोनेसिया अध्यानका लागि गएका १० जना बिद्यार्थी सहित १४८ जना यात्रुसहित उडान भएको र बाँकी ८ जना उपस्थित नभएका हुन ।

साथै उक्त उडान मार्फत एक नेपालीको शब पनि पठाएको नेपाली राजदूतावास मलेसियाले बताएको छ । दुतावासका अनुसार यसअघिको चार्टर उडानबाटै ११ वटा र शुक्रबार १ गरि १२ नेपालीको शव नेपाल पठाएको हो ।

मलेसियाबाट प्राथमिकताका आधारमा नेपाली स्वदेश फर्काउने क्रममा पहिलो चरणकाे तीन उडान यसअघि भैसकेको र दोस्रो चरणको ३ उडान अन्तर्गत शुक्रबार २ वटा उडान तय भएकाे थियो । बाँकी एक उडान जुन २९ मा हुने तय भएको छ ।

विश्वभरि फ‌ैलिएको काेराेना महामारीको कारण मलेसियामा थुप्रै नेपालीले रोजगार गुमाउनुका साथै भिसा सकिएर रोकिएका थिए । सरकारले चार्टर उडान र भाडादर त‍ोकेपछि मलेसियाबाट आरएम १५९० तिरेर नेपालीहरु स्वदेश फर्किन थालेका हुन । उक्त भाडादर अन्य समयको भन्दा दुईगुना बढी रहेको श्रमिकहरुले बताउदै आएका छन ।

फोटो सौजन्य: कृष्ण गुप्ता