काठमाडौंमा चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या

everest kitchen

काठमाडौं । काठमाडौंको टोखा स्थित एक पुरुषले आफ्नै श्रीमतीलाई चक्कु प्रहार गरि हत्या गरेका छन ।

टोखा नगरपालिका-३ बानियाटार हाईट बस्ने ४३ वर्षीय कृष्ण हरि बानियाँले आफ्नै ४० वर्षीया श्रीमती सलिना बानियाँ खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

कृष्ण हरिले चक्कु प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग गोंगबुबाट र महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान सुरु गरेको बताएको छ ।