स्कोर्पियोको ठक्करबाट तीन जनाको मृत्यु

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौ । मोरङमा स्कोर्पियोले ठक्कर दिदा तीन जनाको मृत्यु भएको छ । स्कोर्पियोले मोटरसाइकल र पैदल यात्रीलाई ठक्कर दिएको हो ।

बिहीबार राति आठ बजे मोरङको कानेखोला गाउँपालिका-७ स्थित सडकमा पथरीबाट इटहरीतर्फ जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोर्पियोले विपरीत दिशाबाट आएको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले जानकारी दिएका छन ।

दुर्घटनामा मोटरसाइकलमा सवार पाँचथर फिदिम नगरपालिका-२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र झापा बाह्रदशी गाउँपालिका-४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बुको मृत्यु भएको हो ।

त्यस्तै उक्त गाडीले पैदल हिडिरहेकि एक महिलालाई ठक्कर दिएपछि उनको पनि मृत्युु भएको प्रहरीले बताएको छ । उनकाे पहिचान भने हुन नसकेको बताएको छ ।

स्कोर्पियोले मोटरसाइकललाई ठक्कर दिएपछि ती पैदलयात्री महिलालाई ठक्कर दिएको थियो ।