१८ नेपालीको शव र २ सय ५२ यात्रीसहित मलेसियाबाट उड्यो नेपाल एयरलाइन्स

everest kitchen

क्वालालम्पुर । मलेसियाबाट १८ नेपालीको शव र २ सय ५२ यात्रीसहित नेपाल एयरलाइन्सको चार्टर उडान मलेसियाबाट काठमाडौंको लागि उडेको छ ।

शुक्रबार दिउसो मलेसियाको स्थानीय समय अनुसार दिउसो ३ बजे उडेको नेपाल एयरलाइन्सको चार्टर उडानबाट २५२ जना नेपाली स्वदेश फर्केको र एकजना नेपालीको भने कम्पनीले कागजातमा गल्ती गरेको कारण रोकिएको नेपाली राजदुतावास मलेसिया स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उक्त उडानमा १८ नेपालीको शव पनि नेपाल पठाएको छ ।

शुक्रबार बिहान हिमालय एयरलाइन्सको चार्टर उडानबाट १४८ जना नेपाली स्वदेश फर्केका थिए । उक्त उडानमा पनि १ नेपालीको शव पनि नेपाल पठाएको थियो ।

शुक्रबार बिहान हिमालय एयरलाइन्सबाट फर्किने क्रममा नेपाली

यसअघि पनि चार्टर उडानबाटै मलेसियाबाट ११ नेपाली शव नेपाल पठाएको थियो ।

मलेसियाबाट प्राथमिकताका आधारमा नेपाली स्वदेश फर्काउने क्रममा पहिलो चरणकाे तीन उडान यसअघि भैसकेको र दोस्रो चरणको ३ उडान अन्तर्गत शुक्रबार २ वटा उडान तय भएकाे थियो । बाँकी एक उडान जुन २९ मा हुने तय भएको छ ।

विश्वभरि फ‌ैलिएको काेराेना महामारीको कारण मलेसियामा थुप्रै नेपालीले रोजगार गुमाउनुका साथै भिसा सकिएर रोकिएका थिए । सरकारले चार्टर उडान र भाडादर त‍ोकेपछि मलेसियाबाट आरएम १५९० तिरेर नेपालीहरु स्वदेश फर्किन थालेका हुन । उक्त भाडादर अन्य समयको भन्दा दुईगुना बढी रहेको श्रमिकहरुले बताउदै आएका छन ।