कोरोना प्रकोप: मलेसियामा सुधारको क्रम जारी, पछिल्लो ११ दिनसम्म शुन्य मृत्यु

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ६ जना रहेकाे छ । पछिल्लो ११ दिनसम्म पनि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमित सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६०६ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार २९४ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्मको तथ्यांक अनुसार मलेसियामा संक्रमितहरुमध्येबाट निकोहुनेहरु ९५ प्रतिशत रहेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख ९२ हजार २३३ रहेकाे छ भने संक्रमितको सङ्ख्या ९७ लाख ३१ हजार ४८२ रहेकाे छ । ५२ लाख ६४ हजार ५७३ जनाले स्वास्थ्य लाभ गरेका छन ।