पिकअप भ्यान ट्रकमा ठोक्किदा दुई युवाको मृत्यु

everest kitchen


बुटवल । बुटवलको रामनगरमा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कुँवर र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रामनगरमा बिग्रिएर रोकिराखिएको ना ६ ख ६२४ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बा १४ च ६८७९ नम्बरको सामान ढुवानी गर्ने सानो पिकअप गाडी ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटना पश्चात् घाइते भएका उनीहरू दुई जनाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको बताइएको छ।