मलेसियाबाट नेपाल जाने हवाई भाडा सस्तियो, मालिन्डो एयरले आरएम १५ सयमा लाने

everest kitchen

क्वालालम्पुर । मलेसियाबाट नेपाल जाने हवाई टिकट केहि सस्ताे हुने भएकाे छ । मालिन्डो एयरले अब आरएम १५ सयमा मलेसियाबाट नेपाल चार्टर उडान भर्ने भएको छ ।

नेपाली राजदुतावास मलेसियाको पहलमा मालिन्डो एयरलाइन्स मलेसियाले आगामी जुलाई २ र ३ तारिखमा नेपाल उडान गर्ने भएको दुतावास स्रोतले जानकारी दिएको छ ।

उक्त एयरलाइन्सले अन्य नेपाली एयरलाइन्सको तुलनामा करिब २ हजार ५ सय रुपैयाँ सस्तो गर्ने भएको छ । नेपालमा लक डाउन अगाडिसम्म नेपाली यात्रुहरूमाझ सस्ताे उडान भर्ने भनेर चिनिएकाे मालिन्दाे एयरले यसपटक पनि अन्य एयरलाईन्सकाे तुलनामा सस्ताे दरमा यात्रुलाई सेवा दिने भएकाे हो ।

तस्तै नेपाली राजदूतावास मलेसियाले एक सुचना जारी गर्दै आगामी दिनमा हुने चार्टर उडानको मिति सार्वजनिक गरेको छ । यही जुन २९ तारिख नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स चार्टर उडान हुनेछ भने ३० तारिख नेपाल एयरलाइन्सको चार्टर उडान हुनेछ ।

सरकारले सुरूमा मलेसियाबाट नेपाल जानलाई आरएम २ हजार २२० तोकेको  भनिएपनि त्यसको सर्बत्र बिराेध भएपछि घटाएर १५९० मा नेपाल एयरलाईन्स र हिमालयन एयरलाईन्सले चार्टर उडान गरिरहेका थिए ।

लकडाउन पछिकाे चार्टर उडान मार्फत हालसम्म मलेसियाबाट ९ सय २३ जना नेपाली स्वदेश फर्किएका छन ।