बहु विवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

everest kitchen
photo file

दार्चुला । बहु विवाह मुद्दाका फरार प्रतिवादी मालिकार्जुन गाउँपालिका-४ टाँटिक बस्ने पुष्कर सिंह धामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत दार्चुलाको २०७५ साल माघ २८ गतेको फैसलाले १ वर्ष कैद र ५ हजार जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी चौकी शंकरपुर दार्चुलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका धामीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत दार्चुला समक्ष उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।