कोरोना: मलेसियामा आज १० जना नयाँ बिरामी, निको हुने १४ जना

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शनिबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १० जना रहेकाे छ । पछिल्लो १२ दिनसम्म पनि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमित सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६१६ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ३०८ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्मको तथ्यांक अनुसार मलेसियामा संक्रमितहरुमध्येबाट निकोहुनेहरु ९५ प्रतिशत रहेका छन । ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४ लाख ९७ हजार ३४५ रहेकाे छ भने संक्रमितको सङ्ख्या ९९ लाख २५ हजार ८८० रहेकाे छ । ५३ लाख ७५ हजार १५२ जनाले स्वास्थ्य लाभ गरेका छन ।