“विश्वासघाती”

लघुकथा : विश्वासघाती

योगप्रसाद उपाध्याय चापागाईँ दिङलाली

लकडाउन परेका बेला दुई मित्रमा फोन सम्पर्क भएपछि खोज तथा अनुसन्धानका लागी तुलसीपुर चौकमा भेट गर्ने र मित्रका घरमा जाने पूर्व सल्लाह भै सकेको थियो ।

प्रथम मित्र:- लकडाउनमा सम्झाउनु पर्यो भनेर बोलाएको ।

द्वितीय मित्र:- यातायात ठप्प भएको समयमा यत्तिको लामो बाटो फकटमा ॽ के भन्न खोज्नु भएको तपाईंले ॽ

प्रथम मित्र:- यो महामारीको समयमा हिडन हुदैन भनेर सम्झाउनकै लागी बोलाएको थिएँ ।

द्वितीय मित्र:- एहै ! विश्वास त यस्तो पो तपाईंको ? तपाईं चाहिँ हिडडुल गर्न हुने ? दिनभरि घरघर चाहार्न हुने ?

प्रथम मित्र:- धेरै कुरा म गर्दिन, लकडाउन परेका बेला मेरा घरमा चाहिँ हुन्न ।

द्वितीय मित्र:- बुझें बुझें । तपाईं चाहिँ जाँसुकै जतासुकै जान हुने, खानहुने, बस्नहुने । लकडाउनले तपाईंलाई नछेक्ने । तर हामीलाई चाहिँ लकडाउनको हैकम चलाउने । यहि हो तपाईंको चाला ?

प्रथम मित्र:- सामाजिक दूरी त राख्नु पर्यो नि ।

द्वितीय मित्र:- कुन दूरी हो यो ॽ सामाजिक दूरी, भौतिक दूरी कि स्वार्थको दूरी ॽ

प्रशासनका कर्मकर्ताहरू उनीहरूको तर्क वितर्क सुनिरहेका थिए ।
~~~
भोजपुर दिङला , हाल : लकडाउन दाङ ।