कार दुर्घटना पत्रकार कृष्ण पाण्डेको निधन

everest kitchen

काठमाडौ । रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको सवारी दुर्घटनामा परि निधन भएको छ।

शनिबार मध्यराति बुटवलदेखि आफ्नो घर तिलोत्तमाको ड्राइभरटोलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको कारमा सवार रहेका पाण्डेकाे दुर्घटनामा परि ज्यान गएको हो।
उनी आफैंले कार चलाएर घर फर्कने क्रममा दुर्घटना परेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

स्याङ्जा स्थायी घर भएका पाण्डे लामो समय देखि बुटवलमा रहेर पत्रकारिता तथा कलाकारितामा सक्रिय रहदै आएका थिए।