काङ्ग्रेस पदाधिकारी बैठक आइतबार दिउँसो बस्दै

everest kitchen


काठमाडौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।

बैठकमा महाधिवेशन कार्यतालिका, कोरोनाभाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणलगायतका मुद्दामा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

गत पुस ११ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति र कार्यतालिका सार्वजनिक गरेको थियो। उक्त निर्णय अनुसार कांग्रेसले फागुन ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने घोषणा गरिसकेको छ।

कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सकिसक्नु पर्नेमा अहिलेसम्म अवरूद्ध रहेकाेले बैठकमा उक्त विषय र पार्टी महाधिवेशन कार्यतालिका, कोरोनालगायत समग्र विषयमा पदाधिकारी बैठकले छलफल गर्न लागेको ,’ प्रवक्ता शर्माले जानकारी दिए ।