कालिकोटमा पनि फौजी किराको प्रकोप

everest kitchen

कालिकोट | कालिकोटमा पनि फौजी किराको प्रकोप देखिएकाे छ । अन्नबाली लगाउन शुरु गरेलगत्तै फौजी किराको प्रकोप बढ्न थालेपछि कालिकोटका किसान चिन्तित बनेका छन् ।

गत वर्षदेखि मकैवालीमा देखा पर्न थालेको यो किरा अहिले झनै विस्तारभएपछि उनीहरु चिन्तित बनेका हुन् । पछिल्लो समय मकैबाली, कोदोखेती, धानबालीमा समेत फौजी किराको प्रकोप देखिन थालेको किसानहरुले बताएका छन् ।

फौजी किराको प्रकोप जिल्लाभरि फैलिएको र त्यसको नियन्त्रणका लागि कृषि विकास कार्यालय कालिकोटले पहल चालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अमेरिकन फौजी किराको नियन्त्रणका लागि विषादी खरिद गर्ने प्रयास थालिएको कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले जानकारी दिए ।

काभ्रे लगायतका क्षेत्रबाट सुरु भएको उक्त किराको प्रकोप विस्तारै देशभरि देखि थालेको हो ।