कुटपिट गरी श्रीमतीको हत्या

everest kitchen
साङ्केतिक फाेटाे

धनुषा । धनुषामा आफ्नै २१ वर्षीया श्रीमतीलाई कुटपिट गरि हत्या गर्ने २५ वर्षीया सुरेश सदा पक्राउ परेका छन ।

आफनै २१ वर्षीया श्रीमती रुन्ची देवी सदालाई कुटपिट गरी हत्या गरेको अभियोगमा हंसपुर नगरपालिका-५ बस्ने २५ वर्षीय सुरेश सदालाई आइतबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुरेशको कुटपिटबाट गम्भीर घाइते भएकी रुन्चीको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुगानिकाशबाट र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।