राष्ट्रिय धान दिवस मनाउन प्रधानमन्त्रीको आह्वान

everest kitchen


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् ।

कृषिमा आधारित यस प्रतीकात्मक दिवसको आयोजनाले धान उत्पादनमा बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरता तर्फको हाम्रो राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्नेछ भन्ने विश्वाससमेत व्यक्त गर्दै प्रधानमन्त्री ओली दिवसको समर्थन जनाएका छन ।

त्यस्तै कृषि क्षेत्रको विकास र वृद्धि नै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार हो भन्दै ओलीले उत्साहका साथ धान दिवस मनाउन आह्वान गरेका हुन् ।

राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताए ।