काेराेना: विश्वभरि १ करोड २ लाखबढी संक्रमित, ५ लाखबढीको मृत्यु

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ५ लाख ४ हजार ४९१ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५७ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म विश्वभर १ करोड २ लाख ४९ हजार ८४० मा देखिएकाे संक्रमित मध्ये ५५ लाख ५७ हजार ९८० जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म १ लाख २८ हजार ४३७ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म २६ लाख ३७ हजार ७७ जनामा संक्रमण देखिएकाेमा १० लाख ९३ हजार ४५६ जनाले स्वास्थ्य लाभ गरेका छन ।

अमेरिका पछि धेरै मर्नेकाे सङ्ख्यामा ब्राजिल रहेको छ । ब्राजिल १३ लतख ४५ हजार २५४ जनामा संक्रमण हुदा ५७ हजार ६५८ जनाले ज्यान गुमाएका छन ।