मलेसियाबाट सोमबार दुई चार्टर उडानबाट २ सय ९१ जना स्वदेश फर्किए

everest kitchen
photo file

काठमाडौं । सोमबार मलेसियाबाट दुई चार्टर उडानबाट २ सय ९१ जना स्वदेश फर्किएका छन । उनीहरू हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानबाट स्वदेश फर्केका हुन ।

मलेसियाबाट प्राथमिकताका आधारमा नेपालीहरु स्वदेश फर्काउने क्रममा सोमबारका दुई चार्टर उडानमध्येबाट नेपाल एयरलाइन्सको उडानबाट १५२ जना र हिमालय एयरलाइन्सको उडानबाट १३९ जना नेपाली स्वदेश फर्किएको नेपाली राजदूतावास मलेसियाका द्धितीय सचिव महेश्वर त्रिपाठीले जानकारी दिए । उनका अनुसार आजैको चार्टर उडानबाट दुई नेपालीको शव पनि नेपाल पठाएको छ ।

नेपाली राजदूतावास मलेसियाले सार्वजनिक गरेको चार्टर उडान तालिकाअनुसार अबदेखि जुन ३० तारिख नेपाल एयरलाइन्स र जुलाई २ र ३ तारिख मालिण्डो एयरलाइन्सले उडान भर्ने छन् ।

मलेसियाबाट अहिलेसम्म ७ वटा चार्टर उडानबाट १ हजार २१४ जना नेपाली स्वदेश फर्कि सकेका छन ।