कोरोना : मलेसियामा आज १६ जना निको हुदा ३ जना नयाँ बिरामी

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३ जना रहेकाे छ । गएको २ हप्तामा मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमित सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ३३४ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्मको तथ्यांकअनुसार मलेसियामा संक्रमितहरुमध्येबाट निकोहुनेहरु ९५ प्रतिशत रहेका छन । ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ५ लाख ४ हजार ७४५ रहेकाे छ भने संक्रमितको सङ्ख्या १ करोड २ लाख ६६ हजार ५० रहेकाे छ । ५५ लाख ६६ हजार ९३० जनाले स्वास्थ्य लाभ गरेका छन ।