कोरोना : देशभर १३ हजार २ सयबढि संक्रमित, मृत्यु हुने २९ पुगे

everest kitchen

काठमाडौं । नेपालमा गएको २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार सोमबार ४७६ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

त्यस्तै सोमबार १२१ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ३ हजार १३४ जना पुगेका छन ।

यस्तै गएको २४ घण्टामा थप एकजनाको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म काेराेनमकाे कारण मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।