महाभूकम्प : दिपक खनाल अगम

दिपक खनाल अगम

लघुकथा:- महाभूकम्प

दिपक खनाल अगम

अायाे,अायाे, भूकम्प अायाे, भूकम्प अायाे भन्दै अालीशान महलहरुबाट काेलाहल मच्चाउदै भेडाबाख्रा दाैडे झैं हुलका हुल मानिस नजिकैको खुल्ला ठाउँ खाेलाकाे किनारमा जम्मा भएँ । एक व्यक्तिले भन्याे, याे त महाभूकम्प हुनुपर्छ । अर्कोले भन्याे, हैन् ! ल हेर्नुस् त मोबाइल मात्र चार दशमलव पाँच रेक्टर स्केलकाे हाे ।

त्यहाँ खाेलाकाे किनारकाे एउटा सानाे छाप्रोमा खुरमाने र उसकाे सात वर्षे छाेराे बखते बस्थें । त्यस दिन मिर्मिरे बिहानीमा मस्त निन्द्रामा थिए । मानिसहरुकाे खैलाबैला सुनेर बखते उठेर भित्ताको प्वालबाट चिहाउदै साेध्याे, “ए.., बाउ ! यी मान्छेहरू यहाँ किन अाएकाे हाे ?” भूकम्पबाट ज्यान जाेगाउन हाेला ! भूकम्प अायाे र, खै हामीलाई त थाहै भएन ।

“बाउ ! भूकम्प महलमा बस्ने हट्टाकट्टा, युवायुवती र किशोरकिशोरीलाई मात्र अाउँछ हाे ?” के भन्छ याे , किन र ? खैत बुढाबुढी र अपांगहरु एकजना पनि छैनन् त ? खै छट त म पनि हेरम ! ए, हाे त रहेछ । कस्तो स्वार्थी संसार !