५० बढी चिनियाँ मोबाइल एपहरु भारतमा प्रतिबन्ध

everest kitchen


ऐजेन्सी । भारतले भारतमा प्रयोग गरिने करिब ५० भन्दाबढि चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ।

भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सोमबार सदर गरेपछि त्यहाँको सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई यी एपलाई प्रतिबन्ध गर्ने आदेश दिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन ।

समाचार अनुसार भारतले टिकटक र वि च्याटका अलावा युसी ब्राउजर, सेयरइट र बाइडु म्याप लगायतका चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ। यी एपहरू भारतीय मोबाइल प्रयोगकर्तामाझ एकदमै लोकप्रिय रहँदै आएका थिए ।

चिनियाँ एप टिकटकको करिब झण्डै एक तिहाई प्रयोगकर्ता भारतमै रहेको बताउदै आएको छ ।

भारतको यो निर्णयलाई लद्दाखको गल्वान घटना संगै जोडेर हेरिएको छ । केहि दिन पहिले गलवान क्षेत्रमा चिनियाँ सैनिकसँगको भीडन्तमा २० भारतीय सैनिक मारिएका थिए । त्यस यता भारतमा चिनियाँ उत्पादन र गतिविधिको भारतमा बिरोध हुदै आएको छ ।

पछिल्लोपटक भारत र चीनबिच तितक्ता बढ्दै गएको छ ।