नेकपा बैठक अघि राष्ट्रपति र प्रधानमन्त्रीवीच भेटवार्ता

everest kitchen
photo file

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीवीच शीतलनिवासमा भेटवार्ता भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारम नेकपा स्थायी कमिटीको बैठकमा सहभागी हुनुपुर्व नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपतिसंग भेटवार्ता गरेका हुन ।

बुधबार, शुक्रबार र शनिबारकाे नेकपा बैठकमा सिमा सम्बन्धि एजेन्डामा छलफल भएकोमा आज मंगलबारकाे बैठकमा कोरोना महामारी र सरकारको भूमिकाबारे छलफल हुने कार्यसूची रहेकोले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीवीच वर्तमान राजनीतिक परिस्थिति र नेकपाभित्रको शक्ति सन्तुलनबारे कुराकानी भएको हुन सक्ने नेकपा नेताहरुको अनुमान छ ।

नेकपाको स्थायी कमिटी बैठक गत बुधबारदेखि बालुवाटारमा बस्दै आइरहेको छ । बुधबारको बैठकमा उपस्थिति भएका प्रधानमन्त्री ओली शुक्रबार उपस्थिति भएका थिएनन् भने शनिबारकाे बैठकमा केहि समय मात्रै उपस्थिति रहेका थिए ।