६५ लाख नगदसहित एक भारतीय र एक नेपाली नागरिक पक्राउ

everest kitchen
photo file

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट स्रोत नखुलेको नगद ६५ लाख ८ हजार रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने बारा जितपुर घर भएका ४७ वर्षीय रमेश सिंह र काठमाडौं कुलेश्वर बस्ने भारत घर भएका २५ वर्षीय रवि शंकर सिंह रहेका छन् ।

उक्त स्थानमा अवैध नगद कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उक्त घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।