कोरोना : देशभर १४ हजारबढि संक्रमित, बुधबार ४८२ संक्रमित थपिए

everest kitchen

काठमाडौं । नेपालमा गएको २४ घण्टामा ४८२ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबार ४८२ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

त्यस्तै सोमबार १ हजार ४६२ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ४ हजार ६५६ जना पुगेका छन ।

यस्तै नेपालमा हालसम्म काेराेनमकाे कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । बुधबार थप एकजना काेराेनाकाे कारण मृत्यु भएको पुष्टि भएको छ ।