लोकतन्त्र त नेतालाई कमाउने भाँडो भयो

everest kitchen

गजल

लोकतन्त्र त नेतालाई कमाउने भाँडो भयो।
यति सुन्दर व्यवस्था, यिनकै कारण घाँडो भयो।
दुख गरि हुर्काएको गणतन्त्रको बोटबाट।
उनीहरुलाई स्वादिलो फल, हामीलाई काँडो भयो।

सम्झिनुस् त अस्तिसम्म यिनको हालत कस्तो थियो।
जीवनशैली परिवर्तन क्यारी यति चाँडो भयो?

रोगले भन्दा भोकले बढी मर्न सक्छन् मान्छेहरु।
दुखीलाई यो जिन्दगी घनघस्याको डाँडो भयो।

लाल कार्की अन्जन , फेदिखोला स्याङ्जा