घरमतान जलेका पीडितलाई खोटाङ समाज हङकङले सहयोग

everest kitchen

खोटाङ ।  खोटेहाङ गाउँपालिका वडा नं ४ वडकादियाले निवासी ३० वर्षीय उमेश नेपालीलाई खोटाङ समाज हङकङले सहयोग गरेको छ ।

नेपालीको घरमतान लगायत खाद्यान्न, लत्ताकपडा गत चैतमा अचानक आगालागी भै जलेर पूर्णरुपमा क्षति भएको थियो । उमेश नेपालीलाई परेको समस्यालाई मध्यनजर गरी खोटाङ समाज हङकङद्वारा स्थापित खोटाङ प्राकृतिक प्रकोप सहयोगकोष खोटाङले आर्थिक सहयोग जुटाएको थियो ।

उक्त आर्थिक सहयोग खोटेहाङ गाउँपालिका गाउँ कार्यपालिकाको अध्यक्ष प्रदिप राईको रोहवरमा रु १० हजार सहयोग स्वरुप हस्तान्तरण गरिएको हो । नयाँअनलाइनबाट