मलेसियामा कोरोना प्रकोप दिनदिनै सुधारको क्रममा, बिहिवार ६२ जना निको

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३”जना रहेकाे छ । गएको ३ हप्तादेखि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमितको सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६४३ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ४३७ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्मको तथ्यांकअनुसार मलेसियामा संक्रमितहरुमध्येबाट निकोहुनेहरु ९५ प्रतिशतबढि रहेका छन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ५ लाख १९ हजार ३९७ रहेकाे छ भने संक्रमितको सङ्ख्या १ करोड ८ लाख २९ हजार १०९ रहेकाे छ । ६० लाख ४८ हजार १९७ जनाले स्वास्थ्य लाभ गरेका छन ।