मालिण्डोको पहिलो चार्टर उडानमा मलेसियाबाट १ सय ६५ नेपाली स्वदेश फर्किए

everest kitchen
photo file

काठमाडौं । मालिण्ड‍ो एयरलाइन्सकाे चार्टर उडान मार्फत मलेसियाबाट १ सय ६५ जना नेपाली स्वदेश फर्किएका छन ।

मलेसियाबाट प्राथमिकताका आधारमा नेपालीहरु स्वदेश फर्काउने क्रममा मालिण्डो एयरलाइन्सले क्वालालम्पुर- काठमाडौं पहिलो चार्टर उडान गरेको नेपाली राजदुतावास मलेसिया स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार मलेसियाबाट बिहीबार नेपाल एयरलाइन्सकाे चार्टर उडान तोकिए पनि उक्त उडान रद्द भएको हो ।

लकडाउन अघि मलेसिया-नेपाल नियमित उडान गरिरहेको मालिण्डोले लकडाउन पछि दुतावास पहलमा अन्य चार्टर उडान भन्दा आरएम ९० अर्थात नेपाली २५ सय रुपैया कम गरेर पहिलो चार्टर उडान गरेको हो ।

मलेसियाबाट चार्टर उडानमा यो समयमा आउने नेपालीले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सकाे लागि सरकारले तोके अनुसार आरएम १ हजार ५९० तिर्नुपर्छ भने मालिण्डोमा आउने नेपालीले आरएम १ हजार ५ सय तिरेर आउन पाउछन् ।