नेपालले श्रम स्वीकृति खुला गर्‍यो

everest kitchen

काठमाडौँ | सरकारले वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई दिईने श्रम स्वीकृति खुलाएको छ ।
मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले केही शर्तसहित श्रम स्वीकृति दिने निर्णय गरेको हो ।

सरकारले कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित गरेको श्रम स्वीकृत दिने कामलाई पुनः शुरु गर्ने सरकारका प्रवक्ता समेत रहेका अर्थ, सुचना तथा प्रबिधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

Add
advertise

खतिवडाका अनुसार अनुसार बिदामा नेपाल आएका र करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिईने भएको हाे ।

त्यस्तै “यस पूर्वको अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र प्रवेशाज्ञासमेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिएका कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलसमेतको आधारमा पुनः स्वीकृति जारी गरिने भएको छ ।

सरकारले श्रम स्वीकृति खुला गरेपछि खाडी तथा मलेसियामा कार्यरत घर विदामा रहेका नेपाली वैदेशिक रोजगारमा जान पाउनेछन् ।

मलेसियाले भने यस वर्षकाे अन्त अर्थात २०२० काे अन्तिमसम्म कुनै पनि विदेशी कामदार नलिने उद्घोष गरेको छ । यधपी उसले विदामा बसेकालाई भित्रीन दिने वा नदिने बारे स्पष्ट पारेको छैन ।