ओली र प्रचण्डवीचको झन्डै तीन घण्टा लामो छलफल सकियो

everest kitchen
File photo

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्षवीच प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै तीन घण्टा छलफल भएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डवीच शुक्रबार दिउसो छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । यधपी दुई अध्यक्षवीच केहि सहमति बन्यो या बनेन भन्ने बिषयमा भने खुलाईएको छैन । शनिबार बस्ने स्थायी कमिटी ब‌ठक अघि दुई अध्यक्षवीच पुनः छलफल हुने बताएको छ ।

Add
advertise

उक्त छलफलमा प्रचण्ड र ओलीका सांचिका रुपमा रहेका नेकपा नेताहरू बिष्णु पौडेल र जनार्दन शर्मा “प्रभाकर” सहभागी थिए ।

तत्कालीन नेकपा ऐमाले र माओवादी केन्द्रवीच पार्टी एकता हुदा ओलीकाे तर्फबाट बिष्णु पौडेल र प्रचण्डकाे तर्फबाट जनार्दन शर्माले साचिकाे रुपमा हस्ताक्षर गरेका थिए ।
त्यतिबेला समान्ताकाे आधारमा दुईअध्यक्षले पार्टी र सरकारकाे नेतृत्व गर्ने सहमति पत्रमा उल्लेख गरिएको थियो

हाल प्रधानमन्त्री ओली नेकपा भित्र चर्को आलोचना र अल्पमतमा परेका छन् भने स्थायी समिति बैठकमा दुबैपदबाट राजिनामा मागिएको छ ।

प्रधानमन्त्री ओलीले आफुलाई भारतले हटाउन खोजेको भन्ने अभिव्यक्ति दिएपछि पार्टी भित्र र बाहिर विवादमा तानिएका छन् ।