नेपालमा कोरोना संक्रमित थप एक ८५ वर्षीया पुरुषको मृत्यु

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । नेपालमा हालसम्म काेराेनमकाे कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । थप एक ८५ वर्षीया पुरुषको काेराेना संक्रमितकाे मृत्यु भएको हो ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार म्याग्दी काठमाडौं नयाँबानेश्वर बस्ने ८५ वर्षीया पुरुष छाती दुख्ने र पिसाबमा समस्या भएपछि अस्पताल भर्ना भएको र उनको यही १७ गते काठमाडौं स्थित एक निजी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Add
advertise

नेपालमा गएको २४ घण्टामा ७४० जना कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शुक्रबार ७४० नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।

त्यस्तै सोमबार ८२३ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ६ हजार १४३ जना पुगेका छन ।