कोरोना : मलेसियामा ८ हजारबढी संक्रमितमध्ये ८१ जनामात्रै निको हुन बाँकी

everest kitchen
photo file
Add
advertise

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५ “जना रहेकाे छ । गएको ३ हप्तादेखि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमितको सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६४८ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ४४६ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै मलेसियामा हालसम्मका संक्रमित बिरामीहरुमध्येबाट ८१ जना बिरामी मात्रै निको हुन बाँकी रहेको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार मलेसिया कोराेना नियन्त्रणको नजिक पुगेको देख्न सकिन्छ ।