पहाडकी रानी : ऋषि तिवारी

ऋषि तिवारी

लघुकथा : पहाडकी रानी 

ऋषि तिवारी

करिब दुइ बर्ष अघिको कुरो थियो, एकजना महिलाले मिसकल मारी मेरो मोबाइलमा।”

मैले नि झट्ट रिप्लाई मा त्यहि नम्बरमा कल गरे। कल उठ्यो। मैले सोधे को बोल्नु भएको? उनले जवाफ दिइन। “मान्छे बोलेको।”

मान्छे त मान्छे कहाँबाट बोलेको? उनले फेरि उस्तै गरि जवाफ फर्काएको थिइन् । “मुखबाट बोलेको।” कहाँ पर्यो फेरि प्रश्न तेर्साए। “कानमा पर्यो उसैगरी जवाफ आयो।”

न परिचय न केहि त्यसै अर्कालाई दुःख दिने हो? मैले प्रश्न तेर्साए उनलाई।

उनले भने अब परिचित दिन थालिन, मेरो घर पहाडमा छ। म पहाडकी रानी हुँ। नाम नै रानी हो? मैले फेरि सोधे, हो हजुर भनिन। मेरो परिचित मागीन्। मैले वास्तविक नाम र ठेगाना दिइनँ । झुठो विवरण दिए उनलाइ। उनि नाम काटेर चाहि बोलाउदिन थिइन् । हजुर भन्थी।

म झस्किन्थे। आफ्नो घरमा जसरी श्रीमतीले बोलाउँथि उसै गरि बोलाउँथिइन् ।

म उनलाई भन्थे किन यसरी मेरो पछि परेको? मेरो जीवनमा मेरो श्रीमती दुई छोरी छन। मेरो यसरी अर्काकी छोरी चेली माथी आँखा लगाउने बानी छैन। मेरो जीवन जे छ आफूमै खुशी छु। यो लाइनको बाटो देखि म टाढै छु। अति फोनमै कुराकानी बिजी हुन थाल्यो। बोलि पनि कतै सुने सुने जस्तो पनि लाग्थ्यो।

अफिसको काम सकेर घर आए। श्रीमतीलाई पनि भने, मलाई अफिस टाइममा खुब मिसकल आउँछ। को रहेछ? गफ पनि मिठो मिठो गर्छिन ति त।

उनी मुसुमुसु हाँस्तै थिइन्। मैंले त्यहि नम्बरमा फोन गरे। घर पुगे पछि गरे। भरे त्यो रिङटोन त मेरै घरमा श्रीमतीको मोबाइलमा बजेछ। म त्यहि ठहरै।

मैले सोधें- ‘यो नम्बर कहिले लिएको मलाई थाहा पनि छैन। जानकारी गराउनु पर्दैन?’

उनी बोलि बिस्तार लगाउन थालिन। ‘आजकलको लोग्नेको के भर कता मस्त गफ गर्छन। त्यहि जाँच्न यो नाटक रचेको थिए ।’

तपाईं सहि निस्कनु भो। म पहाडकी रानी बनेर तपाईंको चियो गरे।

‘तपाईं त वास्तवमा मेरो मनको तराईको राजा हुनु हुदो रहेछ ।’

● ●
विराटनगर-६, ममता-मार्ग
मितिः २०७४|१२|०४