बझाङमा बिशाल पहिरो , २० जना वेपत्ता

everest kitchen
फोटो : विकास जेठराकाे फेसबुक

बझाङ । बझाङमा गए राति बिशाल पहिरो गएको छ । पहिरोमा परि २० जना वेपत्ता भएका छन् ।

जिल्लाको केरास्युँ गाउँपालिकाको वडा नम्वर ८ मल्लेसीमा शनिबार राति बस्तीमाथिबाट आएको पहिरोले ठूलो मात्रामा जनधनको क्षति गरेको गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले जानकारी दिईन् । उनका अनुसार
बस्ती माथिबाट पहिरो खस्दा १७ घर पुरिएको र २० जनाबढि पहिरोमा पुरिएको उनले बताईन ।
पहिरोले पशुचौपाया समेत पुरिएका छन ।

Add
advertise

स्थानीयबासिन्दाले खबर गरेपछि नजिक रहेको प्रहरीको टोली घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटनास्थल पुग्न जयपृथ्वी राजमार्ग अन्तर्गत झोता भन्ने ठाउँबाट गाडीमा झण्डै ५ घण्टा लाग्ने बताएको छ ।यधपी जयपृथ्वी राजमार्गको कचालीखोलामा पहिरो गएकाले जिल्लाबाट थप टोली उद्धारमा जान नसकेको र बाक्लो कुहिराेले गर्दा हेलिकप्टर पनि पुग्न नसकेकाे प्रशासनले जनाएको छ ।